लक्ष्मी महिला साकाेसकाे २१ करोड दुई लाख बढी रकम निक्षेपमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लक्ष्मी महिला साकाेसकाे २१ करोड दुई लाख बढी रकम निक्षेपमा



काठमाडौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चैत मसान्तसम्म २८. ६३ प्रतिशत तरलता रहेको छ ।

चैत मसान्तसम्म संस्थाको सेयर पुँजी दुई करोड ९२ लाख दुई हजार रहेको छ भने कुल निक्षेप २१ करोड दुई लाख ३६ हजार रुपैंया रहेको छ। संस्थाको जगेडा कोषमा एक करोड ४३ लाख ९० हजार रुपैंया रहेको छ ।

संस्थाले १८ करोड ९७ लाख ५१ हजार ऋण लगानी गरेको छ । त्यस्तै, यस अवधिमा संस्थामा छ करोड एक लाख ९८ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती २६ करोड २६ लाख ९४ हजार भन्दा बढी रहेको छ ।

संस्थामा तीन हजार १२७ जना सदस्य रहेका छन् भने ऋणी सदस्य संख्या दुई हजार ४९७ रहेका छन् ।

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार १३:५६