ज्ञानज्योति महिला उत्थान साकोसमा २३.६० प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ज्ञानज्योति महिला उत्थान साकोसमा २३.६० प्रतिशत तरलता



काठमाडौं । ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार चैत्र मसान्तसम्म संस्थामा २३.६० प्रतिशत तरलता मौज्दात रहेको जनाएको छ ।

त्यसैगरी संस्थामा चैत्र मसान्त सम्म एक हजार छ सय ३१ जना सेयर सदस्य, ६२७ बाल सदस्य र कुल ऋणी सदस्य भने ५४२ जना रहेका छन् । संस्थामा सेयर पुँजी दुई करोड ४७ लाख ८७ हजार रुपैयाँ रहेको छ। संस्थाले १६ करोड ६६ लाख ८७ हजार रुपैयाँ बचत संकलन र १५ करोड ४२ लाख ५८ हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

यस्तै संस्थाको जगेडा कोषमा एक करोड ३७ लाख ३९ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ६६ लाख २६ हजार रुपैयाँ र तरलता रकम तीन करोड ९३ लाख ३८ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

चैत्र मसान्त सम्ममा संस्थाको कूल संस्थागत पुँजी एक करोड ३९ लाख १० हजार रुपैयाँ र कुल सम्पत्ति २१ करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार १२:४५