सुनको मूल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा छ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन पनि तोलामा छ सयले घटेर प्रतितोला एक लाख ३७ हजार नौं सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भने आज बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक् हजार सात सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार सात सय १५ रुपैयाँमा कारोबार भएको थियो

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार ११:२७