सुयोग्य साकाेसमा २९.९५ प्रतिशत तरलता, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुयोग्य साकाेसमा २९.९५ प्रतिशत तरलता, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार चैत्र मसान्तसम्म संस्थामा २९.९५ प्रतिशत तरलता मौज्दात रहेको जनाएको छ ।

त्यसैगरी संस्थामा चैत्र मसान्त सम्म एक हजार पाँच सय ९१ जना सेयर सदस्य तथा सेयर पुँजी दुई करोड ७८ लाख ९२ हजार रुपैयाँ रहेको छ। संस्थाले २५ करोड २० लाख १० हजार रुपैयाँ बचत संकलन र २२ करोड चार लाख ९६ हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

यस्तै संस्थाको जगेडा कोषमा दुई करोड नौं लाख ५२ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ८६ लाख ८४ हजार रुपैयाँ र तरलता रकम सात करोड ५४ लाख ७६ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

चैत्र मसान्त सम्ममा संस्थाको कूल संस्थागत पुँजी दुई करोड ३२ लाख ३५ हजार रुपैयाँ र कुल सम्पत्ति ३२ करोड ३२ लाख २२ हजार रुपैयाँ पुगेको प्रकाशित विवरणमा उल्लेख छ ।

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार १०:०२