शुभकामना साकोसको वासलात १ अर्ब ४१ करोड ७७ लाख माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुभकामना साकोसको वासलात १ अर्ब ४१ करोड ७७ लाख माथि



काठमाडाै । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल वासलात १ अर्ब ४१ करोड ७७ लाख माथि पुगेको छ । संस्थाद्वारा जारी २०८० चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी १० करोड ७४ लाख ८७ हजार र जगेडा कोष १४ करोड २७ लाखमाथि रहेको छ ।

त्यसैगरी कुल बचत १ अर्ब ४ करोड ४५ लाख, ऋण लगानी ९९ करोड ७६ लाख ४८ हजार रहेको छ । संस्थामा ३२ करोड ४९ लाख ५८ हजार ५२३ रुपैया अर्थात ३१.११ प्रतिशत तरलता रहेको छ । यस अवधिमा कुल सदस्य १०,१४४ रहेको संस्थामा ६८६ जनाले ऋण सुविधा उपयोग गरेका छन् ।

भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेकाे र भक्तपुरकै ब्यासी र नासमनामा सेवा केन्द्र सञ्चालन गरिरहेको संस्थाले सदस्य र समुदायकेन्द्रीत भएर वित्तीय काराेबार गर्दै आएको छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार १७:१९