महालेखापरीक्षकमा तोयम राया अनुमोदित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

महालेखापरीक्षकमा तोयम राया अनुमोदित



काठमाडौं । महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन भएका छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीविरूद्ध परेका उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो।

रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। संसदीय सुनुवाई समितिले अनुमोदन गरेसंगै उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यस अघि उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव ९ प्रमुख तथ्याङ्क अधिकारी ० थिए ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार १६:५२