यस्तो छ चैत्र महिनामा आईडियल सहकारीको अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस्तो छ चैत्र महिनामा आईडियल सहकारीको अवस्था



काठमाडौं । राजविराजमा रहेको आईडियल सहकारी संस्थाले चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार चैत्र मसान्त सम्म संस्थामा ३५ दशमलव ७७ प्रतिशत तरलता मौज्दात रहेको जनाएको छ ।

त्यसैगरी संस्थाकमा चैत्र मसान्त सम्म १५ हजार ७ सय ६८ जना शेयर सदस्य तथा शेयर पुँजी १२ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ। संस्थाले ९४ करोड ९० लाख ६ हजार रुपैयाँ बचत संकलन र ७९ करोड १७ लाख ७ हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

Sahakari Akhabarयस्तै संस्थाको जगेडा कोषमा १० करोड ६४ लाख ९९ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ५ करोड २१ लाख ११ हजार रुपैयाँ र तरलता रकम ३३ करोड ९४ लाख ४८ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

चैत्र मसान्त सम्ममा संस्थाको कूल संस्थागत पुँजी ११ करोड १४ लाख ६० हजार रुपैयाँ र कुल सम्पत्ति १ अर्ब ३१ करोड ७० लाख १४ हजार रुपैयाँ पुगेको प्रकाशित विवरणमा उल्लेख छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार १३:१६