सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, प्रतिताेला कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, प्रतिताेला कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि चैत ३० गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । उक्त दिन छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो।

यस्तै, सोमबार सुनको मुल्य प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको मुल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार ११:३३