कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाको विषय होः देउवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाको विषय होः देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दा पार्टीगत नभएको बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाको विषय भएको बताएका छन् ।

‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसद् नै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले बैठकमा भने ।

आइतबारदेखि गरिएको संसद् बैठक अन्त्यले सरकार सहकारी पीडितका पक्षमा नभएको देउवाले बताए ।

सरकार सुशासनको पक्षमा नरहेको र गैर जिम्मेवारी रूपमा प्रस्तुत भएको संसद् बैठक अन्त्यले पुष्टि गरेको उनले बताए ।

सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरूलाई निर्देशन दिए ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार १३:०८