तोलामा सात सय रुपैयाँले बढ्याे सुनको मुल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा सात सय रुपैयाँले बढ्याे सुनको मुल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सोमबार सुनचाँदीको मुल्य बढेको छ । आइतबार प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै आज तेजावी सुन पनि तोलामा सात सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार १०:४४