संसद अधिवेशन आजदेखि अन्त्य, चालु अधिवेशनबाट ३ विधेयक पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

संसद अधिवेशन आजदेखि अन्त्य, चालु अधिवेशनबाट ३ विधेयक पारित



काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरिएको छ।अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुख देवराज घिमिरेले जानकारी गराएका थिए ।

बैठकमा उनले प्रतिनिधि सभाको चालु अधिवेशनमा भएका कामबारेमा पनि जानकारी गराएका थिए । चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको जनाइएको छ ।

यस अधिवेशनमा अनुगमन तथा मूल्यांकन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी ३ विधेयक पारित भएका छन् ।

प्रकाशित : २ बैशाख २०८१, आईतवार १४:१७