विशालनगरमा ५ रोपनी जग्गा खरिद गर्दै ज्योति विकास बैंक,आना कै ९७ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विशालनगरमा ५ रोपनी जग्गा खरिद गर्दै ज्योति विकास बैंक,आना कै ९७ लाख



काठमाडाैं । ज्योति विकास बैंकले काठमाडौँको विशालनगरमा ५ रोपनी बढी क्षेत्रफल भएको जग्गा खरिद गर्ने भएको छ । बैंकले बैंकको प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौँ जिल्लाको काठमाडौँ महानगरको वडा नम्बर विशालनगरमा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।

बैंकको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले जग्गा खरिद गर्ने निर्णय गरेको हो । बैंकले २६२०.२६ वर्ग मिटर क्षेत्रफल भएको जग्गा खरिद गर्न लागेको हो । जुन ५ रोपनी २ आना १ पैसा बराबरको क्षेत्रफल हुन आउँछ । बैंकले प्रति आना ९७ लाखमा सो जग्गा खरिद गर्न लागेको हो ।  

प्रकाशित : २९ चैत्र २०८०, बिहीबार १५:२४