ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै



कठमाडौं । ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा संवाद कार्यक्रम संचालन गर्ने भएको छ।

सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार”भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने असपतालले जनाएको छ। सोही अनुरुप यही चैत्र ३० गते “संवाद श्रृङ्खला–१”संचालन गर्न लागेको अस्पतालले जनाएको छ।

तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको वारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्य रहेको बताइएको छ।

सम्वन्धित क्षेत्रका विज्ञ,सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए। संवाद कार्यक्रमबाट आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिने छ।

प्रकाशित : २९ चैत्र २०८०, बिहीबार १२:३७