‘मिरा इआरपी’मा गरेको लगानी सुरक्षित रहेको कम्पनीको दावी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

‘मिरा इआरपी’मा गरेको लगानी सुरक्षित रहेको कम्पनीको दावी



काठमाडौं । डिजिटल सञ्चार माध्यममा अनलाइनखबरमा प्रकाशित मिरा ईआरपी समाचारप्रति मिरा सफ्टवेयर विकास गर्ने कम्पनी नियोसिस टेक्नोलोजीले ध्यानाकर्षण भएको जनाएको छ ।

‘साढे ४ करोडको सफ्टवेयर काम नलाग्ने, घाटामा देखाउनुपर्ने रकम नाफामा लेखांकन’ भन्ने विषयमा प्रकाशित समाचार बारे नियोसिस टेक्नोलोजीले आपत्ति जनाउँदै सहकारीलाई प्रभावकारी सेवा प्रदान गरिरहेको बताएको हो ।

आईएसओ सर्टिफाइड मिरा ईआरपी सफ्टवेयरलाई निःशुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिंङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिंङ, बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको कम्पनीको भनाइ छ ।

बिक्री वितरण सुरू भएको ९ महिनाभित्र १६० सहकारी संस्था तथा ९ वटा केन्द्रीय संघ तथा जिल्ला बचत संघहरूले प्रयोग गरिरहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

१ लाख ७८ हजार ९९६ व्यक्तिगत शेयर सदस्य संख्या र ५ हजार ३६० संस्थागत शेयर सदस्यहरूले मिरा सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

यसैगरी मिरा सफ्टवेयरले हालसम्म ६ करोड ११ लाख ५९ हजार ५८ कारोबारको गनणा गरिसकेको कम्पनीको दावी छ । २१९ सेवा केन्द्र रहेको मिरामा कुल बचत खाता संख्या ३ लाख ५० हजार ९४ र कुल ऋण खाता संख्या ४३ हजार २८५ रहेको विज्ञप्तीमार्फत कम्पनीले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०८०, बिहीबार ११:५८