आठ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ४२ अर्ब बढी, नबिललाई पछ्याउदै दोस्रोमा ग्लोबल आईएमई बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आठ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ४२ अर्ब बढी, नबिललाई पछ्याउदै दोस्रोमा ग्लोबल आईएमई बैंक



काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड खुद नाफा आर्जन गरेका हुन् ।

जसमध्ये नबिल बैंकले सबैभन्दा धेरै चार अर्ब ७२ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले तीन खर्ब ४३ अर्ब रूपैयाँ खुद नाफा कमाउँदा तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले दुई अर्ब ८८ करोड ७८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

यस्तै दुई अर्ब ८७ करोड ७६ लाख रूपैयाँ खुद नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ। यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले दुई अर्ब ८० करोड रूपैयाँ खुद नाफा गरेको छ।

फागुन मसान्तसम्ममा एनआईसी एसिया बैंकले दुई अर्ब ५४ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ।

यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब नौं करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडले एक अर्ब ३७ करोड, हिमालयन बैंकले एक अर्ब ९५ करोड रूपैयाँ, नेपाल एसबीआई बैंकले एक अर्ब रूपैयाँ, एभरेष्ट बैंकले दुई अर्ब २९ करोड रूपैयाँ, माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड रूपैयाँ, कुमारी बैंकले एक अर्ब ४२ करोड रूपैयाँ नाफा आर्जन गरेका छन्।

यसैगरी लक्ष्मी सनराइज बैंकले एक अर्ब ८२ करोड रूपैयाँ, सिद्धार्थ बैंकले एक अर्ब ६९ करोड रूपैयाँ, कृषि विकास बैंकले एक अर्ब ९८ करोड रूपैयाँ,सिटिजन्स इन्टरनेशनल बैंकले एक अर्ब २२ करोड रूपैयाँ, एनएमबी बैंकले एक अर्ब ९२ करोड रूपैयाँ, प्रभु बैंकको एक अर्ब ५१ करोड रूपैयाँ र सानिमा बैंकले एक अर्ब ६६ करोड रूपैयाँ खुद नाफा आर्जन गरेका छन्।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार १४:२४