सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?



काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर प्रति तोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार ११:१७