चन्द्र ढकाल नेतृत्वको नेफ्स्कूनको १०० दिन : यी हुन् १४ उपलब्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

चन्द्र ढकाल नेतृत्वको नेफ्स्कूनको १०० दिन : यी हुन् १४ उपलब्धि



काठमाडाै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको समितिले १०० दिनको कार्यभार पूरा गरेको छ । संघको ३२ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिले कार्यारम्भ मंगलबार १०० दिन पूरा गरेको हो ।

संघको नयाँ नेतृत्व लिएको १०० दिनमा नेफ्स्कून र मातहतका संस्थाहरुलाई गति दिन महत्वपूर्ण पहल गरेको दाबी अध्यक्ष ढकालले गरेका छन् ।

सहकारी जटिल अवस्थामा पुगेका बेला संघको कार्यभार सम्हालेको र सहकारी क्षेत्र चलायमान गराउनका लागि पहल गर्दा गर्दै एक सय दिन बितेको अध्यक्ष ढकालले बताए ।

कोभिड-१९ पछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा सहकारी क्षेत्र समस्यामा फसेको भन्दै उनले सहकारी क्षेत्र यो अवधिमा झनै उपेक्षित बनेको बताएका छन् ।

एक सय दिनमा सहकारी क्षेत्रको बहस पैरवीगर्न,सरकार संगको सहकार्य, आन्तरिक सुशासन प्रवर्द्धन तथा सदस्य सुरक्षण अन्तराष्ट्रिय साझेदार विस्तारमा संघ सफल भएको उनले दाबि गरेका छन् ।

अध्यक्ष ढकालले महासंघले एक सय दिनमा गरेका आफ्ना कामलाई यसरी चित्रित गरेका छन् :

प्रकाशित : २० चैत्र २०८०, मंगलवार १९:२९