मालपोत र नापीलाई बिचौलिया र घुसखोर मुक्त बनाउन मन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

मालपोत र नापीलाई बिचौलिया र घुसखोर मुक्त बनाउन मन्त्रीको निर्देशन



काठमाडौ । नेपाल सरकारका भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यलयलाई विचौलिया र घुसखोर मुक्त गर्न आफू कठोर रुपमा प्रस्तुत हुन लागेको बताए । उनले मन्त्रालय मातहतका विभागिय प्रमुख महाशाखा प्रमुख र उपत्यका कार्यलय प्रमुखलाई राखेर मालोत र नापी कार्यलयलाई बिचौलिया र घुसखोर मुक्त बनाउन कडा निर्देशन दिएका हुन ।

उनले आज मन्त्रालयमा कार्यलय प्रमुखसंग सुशासन प्रबद्र्धन र गुणस्तरीय सेवा प्रवाहका विषयमा आफू मन्त्री भएको करिव १ महिनामा भएका कामको रिपोर्टिङ लिएपछि यस्तो निर्देशन दिएका हुन ।

विचौलिया प्रयोग गरि गलत काम गर्ने अभिलेख बेपत्ता पार्ने ,घुस खानमा चर्चामा आएका उपत्यकाका केहि मालपोत र नापी कार्यलयहरुमा सरुवा हुन वा टिकी राख्न मन्त्री वा सचिव समेतलाई प्रभावमा पार्न खोज्नेलाई पहिचान गर्दै आवश्यक कारवाही गर्न आफूले सूचना संकलन गरी रहेको बताए ।

सो अवसरमा मन्त्रालयका सचिव गोकर्ण मणि दुवाडीले वोल्दै मन्त्रीको कडा निर्देशन मुताविक उपत्यकाका मालपोत र नापी कार्यलयलाई विचौलिया मुक्त गर्न सबै कार्यलय प्रमुखलाई निर्देशन दिए ।

कार्यलयका फाइल विचौलियाले पल्टाउने कर्मचारी हो की विचौलया हो चिन्नै गाह्रो हुने , कहिले काही त कर्मचारी नै विचौलिया बन्ने गरेको जानकारी आफूले पाएको बताउदै त्यस्ता काम आजकै दिनवाट निशेध गर्न समेत उनले आग्रह गरे ।

सचिव दुवाडीले विचौलिया र कर्मचारी उस्तै देखिने काम गर्ने कर्मचारी जुनसुकै पदको भएपनि कानुन अनुसार कारवाही गर्न मन्त्री अधिकारीले निर्देशन दिएकाले आफूले कारावही गरेरै छाड्ने अठोट ब्यक्त गरे।

सो अवसरमा उपत्यकाका मालपोत र नापी कार्यलयका प्रमुखहरुले भवन नहुदा भएका असुविधा न्यून वजेटमा काम गर्दा परेका समस्या लगायतक विषयमा मन्त्री र सचिवको ध्यानकर्षण समेत गराएका थिए ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार १९:३३