ग्लोबल आइएमई बैंकको कार्ड सेवा अवरुद्ध हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको कार्ड सेवा अवरुद्ध हुने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको कार्ड सेवा एक घण्टा अवरुद्ध हुने भएको छ । बै‌ककाे सेवा चैत २१ गते बुधबार राति २ बजेदखि ३ बजेसम्म बन्द रहने बैंकले जनाएकाे छ ।

बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम’ (नेप्स) को स्स्टिममा आवश्यक मर्मत सम्भार गुर्न पर्ने भएकाले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

यस समयमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम/पीओएस सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि अन्य वैकल्पिक माध्यमबाट कारोबार गर्न बैंकले अनुरोध गरेको छ । साथै यसबाट ग्राहकवर्गमा पर्न भएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार १४:४८