नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत मात्रै हुने विश्व बैंककाे प्रक्षेपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत मात्रै हुने विश्व बैंककाे प्रक्षेपण



काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले यस अघि गरेको प्रक्षेपणमा ०.६ प्रतिशत बिन्दुले घटाएर नयाँ आर्थिक वृद्धि प्रक्षेपण गरेको हो। हाइड्रोबाहेकका अन्य क्षेत्रमा आर्थिक गतिविधि सुस्त रुपमा बढिरहेको विश्व बैंकले उल्लेख गरेको छ ।

आगामी आर्थिक वर्ष भने नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने विश्वबैंकको प्रक्षेपण छ । आगामी वर्ष नेपालले भारतमा विजुली बिक्री बढाउने, पर्यटकको संख्या बढ्दा होटेल क्षेत्रमा सुधार हुने विश्व बैंकले जनाएको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलवार १३:५४