सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । अघिल्लो दिन रेकर्ड कायम गरेको सुनको मुल्य मंगलबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३१ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार (चैत १९ गते) छापावाल सुन अहिलेसम्मकै उच्च प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको मुल्इ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १५ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २० चैत्र २०८०, मंगलवार ११:३१