सहकारी दिवसको अवसरमा सगुन सहकारीद्वारा विद्यालयहरुलाई सामाग्री हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

सहकारी दिवसको अवसरमा सगुन सहकारीद्वारा विद्यालयहरुलाई सामाग्री हस्तान्तरण



काठमाडाैं । सगुन बचत तथा ऋण सहकारी संस्थाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामाग्री प्रदान गरेको छ । संस्थाले सहकारी दिवसको तिन दिने कार्यक्रमको पहिलो दिन सामाजिक उत्तरदायित्व बहन गर्दै सामुदायिक शिक्षालयहरुलाई संस्थाको संचालकहरुको उपस्थितिमा विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

संस्थाले कर्मैया आदर्श जनता क्याम्पस,बागमतीलाई१० थान सिलिङ फ्यान , जनता मावी थिङ्टोल, बागमती ५ थान डस्टविन र शेरजगचोक समिक्षालय,बागमती १ थान डस्टविन हस्तान्तरण गर गरेको जानकारी दिएको छ । त्यसैगरी च. ज.उ.मावि सुखेपोखरी, हरिवनलाई ५ थान डस्टविन र १ थान पानीको जार, सगुन शिक्षा आवाशिय बिध्यालय हरिवनलाई ५ थान डस्टविन र १ थान पानी जार, म.ज.मावि हरिवनलाई ५ थान डस्टविन र १ थान पानीको जार जनजागृती मावि हरिवनलाई ५ थान डस्टविन १ थान पानीको जार र चुरे आधारभुत विद्यालय हरिवनलाइ ३ थान डस्टविन र २ थान पनिको जार हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले समुदाय र सदस्यको आवश्यकता अनुसार विगतमा पनि यस्ता सामाजिक गतिविधि गर्दै आएको जनाएको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलवार ०८:१६