पाँच तारा साकोसले आज खुल्ला रक्तदान गर्दै , सक्रिय सहभागिताको लागि सदस्यलाई आव्हान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पाँच तारा साकोसले आज खुल्ला रक्तदान गर्दै , सक्रिय सहभागिताको लागि सदस्यलाई आव्हान



काठमाडाै । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान गर्ने भएको छ । संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवस एवं संस्थाकाे स्थानापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको हो ।

२०६७ सालदेखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष भोला नाथ पाठकले बताए । विगतका बर्षहरुमा पनि रक्तदान कार्यक्रममा सदस्यको सक्रिय सहभागिता रहने गरेको र भोलि बिहान हुने रक्तदान कार्यक्रममा पनि सक्रिय सहभागि भएर रक्तदान गर्न उनको आग्रह छ ।

संस्थाले लगातार १० पटकसम्म रक्तदान गर्ने रक्तदातालाई विशेष सम्मान र ५ पटक रक्तदान गर्नेलाई चाँदीको सिक्का प्रदान गर्दै आएको छ। संस्था परिसरमा रक्तदान कार्यक्रम हुनेछ । संस्थाले समुदाय र सदस्यको हित हुने विविध गतिविधिहरु सञ्चालन गरी त्यस क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलवार ०८:१४