बजेट लेखनको काम सुरु, सुझाव पेश गर्न अर्थ मन्त्रालयको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट लेखनको काम सुरु, सुझाव पेश गर्न अर्थ मन्त्रालयको आग्रह



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको जनाउँदै बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको हो।

मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुबाट आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा सुझाव पेश गर्न आग्रह गरेको छ ।

यस्तो सुझाव आगामी वैशाख मसान्तभित्र बुझाउन मन्त्रालयले सबैमा आह्वान गरेको छ । सुझावहरु मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर दिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार १३:३८