भूमी ब्यवस्था मन्त्री अधिकारी र गभर्नर अधिकारी बीच सहकारी समास्या समाधानका लागि छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

भूमी ब्यवस्था मन्त्री अधिकारी र गभर्नर अधिकारी बीच सहकारी समास्या समाधानका लागि छलफल




काठमाडौ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीसंग सहकारीका समस्या समाधानका विषयमा आज छलफल गरेका छन् ।

मन्त्री अधिकारीले आफ्नै कार्यकक्षमा गभर्नर अधिकारीसंग छलफल गर्दै मन्त्रालयले कर्जा असुली न्ययाधिकरण गठन गर्न प्रकृया अघि बढाएकोले यसलाई कार्यान्वयन गर्न राष्ट्र बैकको प्रभावकारी भूमिकाको अपेक्षा राखे ।

मन्त्री अधिकारीले कर्जा सूचना केन्द्र स्थापना र बचत संरक्षण कोष खडा गर्न प्रकृया अघि बढाएको बताउदै मन्त्रालयले कर्जा सूचना केन्द्र मार्फत आर्थिक कारोवार गर्ने सहकारीको नियमन गर्न चाहेकाले राष्ट्रबैकले यसको नेतृत्व गर्न समेत आग्रह गरे । सो अवसरमा बोल्दै गभर्नर अधिकारीले कर्जा असुली न्यायधिकरण र कर्जा सूचना केन्द्र आवश्यक रहेको निष्कर्ष सरकारले निकालेपछि राष्ट्र बैकले त्यसको मोडालिटीमा आफ्नो तर्फवाट सुझाव दिदै कार्यान्वयनमा सक्दो भूमिका निर्वाह गर्ने बताए ।

उनले कर्जा सूचना केन्द्रको स्पष्ट संरचनाका विषयमा सरकार र राष्ट्रबैक बीच छलफल भएर उचित निष्कर्षमा छिटटै पुग्नु पर्नेमा जोड दिए ।

छलफलमा भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्ष मणि दुवाडी र सहकारी विभागमा महानिर्देशक पिताम्वर घिमिरेकाे समेत सहभागि थियाे। मन्त्रालयका सचिव दुवाडीले सहकारी क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय र राष्ट्रबैक बीच भएको यस प्रकारको छलफलले छिटै सहकारी क्षेत्र ब्यवस्थित पार्न मार्ग प्रसस्त गर्ने विश्वार ब्यक्त गरे ।

प्रकाशित : १८ चैत्र २०८०, आईतवार २०:०१