अहिलेकाे अबस्थामा सहकारी प्रति नियामक निकाय कठाेर हुनै पर्छ: मन्त्री अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अहिलेकाे अबस्थामा सहकारी प्रति नियामक निकाय कठाेर हुनै पर्छ: मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका लागि एकीकृत कानुन ल्याउन काम गरि रहेकाे बताएका छन् । सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्छ । त्यसमा काम गर्छौं । नाम जे भए पनि अधिकार सम्पन्न निकाय गठन हुने उनले जानकारी दिएका छन् । अहिलेकाे अवस्था हेर्ने हाे भने सहकारी प्रति कठाेर बन्नु पर्ने अबस्था रहेकाे बताए ।

नेपाल सहकारी पत्रकार समाजले आयाेजना गरेकाे ‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले सहकारी गठन र दर्ता कसरी गरियो भन्ने पनि चासोको विषय बनेको बताए ।

‘कतिपय सहकारी काठमाडौं बस्ने र सरकारको कार्यक्रम लिएर गएको ठाउँमा कार्यक्षेत्र लिएर जाने र त्यहाँ केही समय राम्रो गरेको जस्तो गर्ने अनि जनता ठगेर फर्किने गरेको देखिन्छ,’ मन्त्री अधिकारीले भने, ‘एउटा उद्देश्यबाट सहकारी दर्ता भयो । सहकारी दर्ताको उद्देश्य अभियन्ताले लागु गरेका छन् कि छैनन्, यसको समीक्षा हुनुपर्छ ।’

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार १४:५३