श्री लालीगुरासँ बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री लालीगुरासँ बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आग्रह



काठमाडौं । सरकारले समस्याग्रस्त श्री लालीगुरासँ बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरेको छ ।

बचत फिर्ताका लागि बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भनिएको छ ।

फागुन २९ गते बसेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सो सहकारीलाई सहकारी ऐन, २०७४ काे दफा ११२ बमाेजिम समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त घोषणापछि साथै सोही ऐनको दफा १०५ बमाेजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सरकारले सहकारी व्यवस्थापन समितिलाई पत्र लेखेको थियो ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार ११:२१