सुनको मुल्य तोलामा ३०० रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ३०० रुपैयाँले घट्याे



काठमाडौं । मंगलबार छापावाला सुनको मुल्य तोलामा ३०० रुपैयाँ घटेको छ । सोमबार तोलामा २०० रुपैयाँ बढेको सुनको मुल्य मंगलबार प्रतितोला ३०० रुपैयाँ घटेको हो।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य एक लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार १२:१०