सपोर्ट लघुवित्तको साधारण सभा चैत १७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सपोर्ट लघुवित्तको साधारण सभा चैत १७ गते



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १७ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यस अघि पुस २७ गते गणपूरक संख्या नपुगेकाले स्थगित साधारण सभा पुनः आव्हान गरेको हो ।

सभा दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न एवं प्रबन्धपत्र, नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार ११:१७