नेपालका ४३ विद्यार्थीद्वारा क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपालका ४३ विद्यार्थीद्वारा क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन



काठमाडौँ । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा गरेको छ । यो पुरस्कार नोभेम्बर २०२२ र जुन २०२३ मा क्याम्ब्रिजमा सञ्चालित परीक्षाको शृङ्खलामा नेपालका माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका हासिल गरेका हुन् ।

नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा पुरस्कार पाएका छन् । उनीहरूलाई देशमा उत्कृष्ट भएको, समग्रमा राम्रो गर्ने र उच्च ग्रेड प्राप्त गरेकोमा मान्यता दिइएको थियो ।

क्याम्ब्रिजमा अन्तर्राष्ट्रिय शिक्षाका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक महेश श्रीवास्तवले भने, ‘हामीले गर्ने हरेक कुराको केन्द्रबिन्दु क्याम्ब्रिज शिक्षार्थीहरू हुन् । क्याम्ब्रिज शिक्षाको प्रत्येक तत्त्व – जस्तो पाठ्यक्रम, शिक्षण र सिकाइ, स्रोत र मूल्याङ्कन – शिक्षार्थीहरूलाई उनीहरूमा लुकेर रहेको क्षमता हासिल गरि जीवनलाई सफलता तथा समृद्धिले अभिभूत गर्न राम्ररी डिजाइन गरिएको हो ।’

उत्कृष्ट क्याम्ब्रिज लर्नर पुरस्कार विजेताहरू निम्नानुसार छन् :

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार ११:०३