चैत अन्तिम साता खार्पा महोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चैत अन्तिम साता खार्पा महोत्सव



खोटाङ । खार्पा महोत्सव तथा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ । महोत्सव आयोजनाको तयारी शुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए ।

उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि गठन भएको विभिन्न समितिहरुले काम शुरु गरिसकेको जानकारी दिए ।महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवद्र्वनमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा भारतबाट पनि भक्तजनहरुले सहभागिता जनाउने भएका छन् । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।खोटाङको रावावेसी –२ शारदा माविमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीबेटी समूह रहेको छ ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार ११:००