दीपक कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

दीपक कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त



काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा जनता समाजवादी पार्टीका नेता दीपक कार्कीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

सोमबार दिउँसो नै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालिरहेका छन् ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार १५:२०