सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । आज आइतबार सुन चाँदीको मुल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख २६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज दुई सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन एक लाख २६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार १०:५६