धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा सेयर निष्कासन अनुमति ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा सेयर निष्कासन अनुमति ठप्प



काठमाडौं । हाल धितोपत्र बोर्ड अध्यक्षको पद रिक्त हुदाँ पाइपलाइनमा रहेका थुप्रै आईपीओ, एफपीओ र हकप्रद सेयर अलपत्र परेका छन् । बोर्डका अनुसार हाल १७ जलविद्युत् सहित ३५ कम्पनी आईपीओ निष्कासनका लागि पाइपलाइनमा छन् । यसमा पनि निष्काशन पछि विवादमा तानिने गरेका प्रिमियम मुल्यका चार आईपीओ पनि पाइपलाइनमा नैं रहेका छन् ।

केही समय अगाडी सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आइपिओ निष्कासनका लागि अनुमति दिएको विषयमा बोर्डमाथि प्रश्न उठाएको थियो । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुसन्धान गर्नका लागि निर्देशन दिएको थियो । तर, विवादकै बीच प्रिमियममा आइपिओ निष्कासन गर्नका लागि कम्पनीहरू धितोपत्र बोर्डमा पुगेका छन् ।

तर, धितोपत्र बोर्डले भने तत्काल यी कम्पनीलाइ स्वीकृती अनुमति नदिने भएको छ । पछिल्ला समय प्रिमियम मुल्यका आइपीओलाइ अनुमति दिदाँ देखिएको समस्याले गर्दा यस्ता कम्पनीलाई अनुमति दिन तत्काल रोकिएको बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले बताए । उनले भने, ‘तर सबै मापदण्ड पुरा गरेका कम्पनीलाइ भने बोर्ड अध्यक्ष आएपछि छलफल गरेर अनुमति दिईने छ ।’

चार कम्पनीको प्रिमियम मुल्यका आइपिओ अलपत्र

पछिल्लो समय बोर्डको स्वीकृतिका लागि प्रिमियममा सेयर निष्कासन गर्न पुगेका कम्पनीमा हस्पिटल एड्भान्स मेडिसियन एन्ड सर्जरी (ह्याम्स अस्पताल)ले अंकित मूल्यसहित दुई सय ८८ रुपैयाँका दरले ३२ करोड ४० लाख बराबरको ११ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रमा सौर्य सिमेन्टले अंकित मूल्यसहित दुई सय ६४ रुपैयाँ ५१ पैसाका दरले चार अर्ब २२ करोड ७२ लाख रुपैयाँ बराबरको एक करोड ५९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

मारुती सिमेन्टले अंकित मूल्यसहित तीन सय ७७ रुपैयाँका दरले चार अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको एक करोड १६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

अर्को जगदम्बा सिमेन्टले अंकित एक सयसहित दुई सय रुपैयाँ प्रिमियम थप गरी तीन सय रुपैयाँका दरले छ अर्ब दुई करोड १० लाख रुपैयाँ बराबरको दुई करोड ७० हजार कित्ता सेयर निष्कासन गर्नका लागि स्वीकृति मागेको हो ।

जलविद्युततर्फका १८ कम्पनी पाइपलाइनमा

पाइपलाइनमा रहेका जलविद्युत्का तर्फ १८ कम्पनीमा प्योर इनर्जीको १६ करोड रुपैंया बराबरको १६ लाख कित्ता, लोअर इर्खुवा खोलाको २८ करोड पाँच लाख ७५ हजार रुपैंया बराबरको २८ लाख पाँच हजार ७८० कित्ता, हिम रभर पावरको २६ करोड ६० लाख रुपैंया बराबरको २६ लाख ६० हजार कित्ता, कालिञ्चोक हाइड्रोपावरको सात करोड ५० लाख रुपैंया बराबरको सात लाख ५० हजार कित्ता, लाफिङ बुद्धको ६५ करोड ७७ लाख रुपैंयाको ६५ लाख ७७ हजार कित्ता सेयर निष्काशनको तयारीमा छन् ।

साथै, रिजलाइन इनर्जी लिमिटेडको ५८ करोड चार लाख २० हजार १०० रुपैंया बराबरको ५८ लाख चार हजार २०१ कित्ता, विकास हाइड्रोको ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैंयाको ४४ लाख ५४ हजार ५९६ कित्ता, याम्बालिङ जलविद्युत् लिमिटेडले २८ करोड रुपैंयाको २८ लाख कित्ता सेयर स्थानीय तथा सर्वसाधारण गरी निष्काशनको तयारी गरेको छ ।

भुजुङ खोला १४ करोड ५५ लाख रुपैंयाको १४ लाख ५५ हजार कित्ता, सोलु जलविद्युत् दुई अर्ब रुपैंयाको दुई करोड कित्ता, सान्भी इनर्जी ३७ करोड ९० लाख रुपैंयाको ३७ लाख ९० हजार कित्ता, हिमस्टार ऊर्जा ११ करोड १९ लाख ११ लाख १९ हजार कित्ता, रिचेस्ट हाइड्रोको ११ करोड ७६ लाख ४५० रुपैंयाको ११ लाख ७६ हजार ४५० कित्ता, माबिलुङ्ग इनर्जी लिमिटेडले १८ करोड ९० लाख ५३ हजार रुपैंया बराबारको १८ लाख ९० हजार ५३० कित्ता, दरामखोलाको ३९ करोड ५० लाख रुपैंया बराबरको ३९ लाख ५० हजार कित्ता, बेनी हाइड्रो २० करोड ८० लाख रुपैंयाको २० लाख ८० हजार कित्ता सेयर निष्काशनको लागि धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् ।

टक्सार पिकुवा खोला जलविद्युत् कम्पनीले स्थानीय तथा सर्वसाधारण गरी ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैंयाको ४२ लाख ३० हजार कित्ता र सानिमा हाइड्रोपारले १४ करोड ७० लाख रुपैंयाको १४ लाख ७० हजार कित्ता प्राथमिक सेयर निष्काशनको तयारी गरेको छ ।

यसरी अध्यक्ष नहुँदा आईपीओ स्वीकृति हुन नपाई अलपत्र परेको अधिकारी बताउँछन् । तर चार पाँच वटा कम्पनीले भने दुई चार दिनमै विभागबाट निर्णय भएर आएपछि आइपीओको लागि स्वीकृती पाउने उनले बताए । बाकीको भने कागजपत्र पुरा गरेको खण्डमा अध्यक्ष नियुक्तीसँगै आईपीओ बजारमा आउने अधिकारटीकाे भनाइ छ ।

यसरी पाइपलाईनमा रहेका अन्य कम्पनी पनि छन् । जसमा उत्पादन तथा प्रशोधन क्षेत्रका ५ कम्पनी, अन्य समूहका ९ कम्पनी, होटल तथा पर्यटन समूहका २, लगानी समूहको १, डिस मिडिया नेटवर्क, कान्तिपुर टीभी, आईएमई लिमिटेड र माइक्रोफाइनान्स समूहको १/१ गरेर सबै पर्खाइमै छन् ।

बोर्डको स्वीकृतीको पार्खाइमा आइपीओ मात्र हैनन् । अन्य एफपीओ र हकप्रद सेयरहरु पनि थुप्रै छन् । बोर्ड कार्यकारी प्रमुख (अध्यक्ष) नहुँदा लामो समयदेखि यी धेरै कम्पनीले पनि स्वीकृति पाएका छैनन् ।

एफपीओका लागि पाँच कम्पनी अन्योलमा

बोर्डमा एफपीओका लागि अझै पाँच कम्पनी अन्योलमा छन् । एफपीओका लागि आवेदन दिने सबै लघुवित्त कम्पनीले रहेका छन् । नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले प्रतिकित्ता ११६ रुपैयाँ अंकित मूल्यमा तीन करोड ८२ लाख ३९ हजार रुपैंया बराबरको तीन लाख २९ हजार ६४९ कित्ताको लागि आवेदन दिएको दुई बर्ष वित्तिसक्यो तर पनि अनुमति पाएको छैन् । त्यस्तै, समता घरेलु लघुवित्त वित्तिय संस्थाको तीन करोड ३२ लाख ८५ हजार रुपैंया बराबरको तीन लाख ३२ हजार ८५६ कित्ता, किसान लघुवित्त वित्तिय संस्थाको १६ करोड ६६ लाख ९६ हजार रुपैंयाको १६ लाख ६६ हजार ९६५ कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाको ४६ लाख ७२ हजार रुपैंया बराबरको ४६ हजार ७३० कित्ता र माहुली लघुवित्त वित्तिय संस्थाको चार करोड ७५ लाख ४४ हजार रुपैंया बराबरको चार लाख ७५ हजार ४४९ कित्ता सेयर अन्योलमा छन् ।

११ कम्पनीले मागे हकप्रदको अनुमति

नेप्सेमा सूचीकृत ११ कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन् । यी कम्पनीले छ अर्ब २१ करोड १४ लाख २४ हजार ५२२ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । आवेदन दिनेमा आठ जलविद्युत समूहअन्तर्गतका कम्पनीहरु रहेका छन् भने तीन बिमा कम्पनी रहेका छन् । सबैभन्दा धेरै अनुपातमा हकप्रद सेयर निष्कासन अनुमति माग्नेमा आँखुखोला जलविद्युत रहेको छ । यसले १५० प्रतिशत अर्थात १ः१.५ अनुपातमा एक करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार १३:३६