मैलुङ खोला जलविद्युत कम्पनीकाे लाभांश घोषणा, बुक क्लोज मिति पनि तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मैलुङ खोला जलविद्युत कम्पनीकाे लाभांश घोषणा, बुक क्लोज मिति पनि तय



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २.२२११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले चैत्र २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ चैत्र १६ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात चैत्र १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार ११:२९