प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे संस्थापक सेयर बिक्रीमा



काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको चार लाख ४८ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमध्ये चार लाख २६ हजार ७७० कित्ता सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले चैत ८ गतेबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

यस्तै, २१ हजार ९६० कित्ता संस्थापक सेयरमा भने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ८ गते देखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार ११:२१