सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं । आज बिहिबार सुन चाँदीको मुल्यले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको हाे।

आज छापावाला सुन एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार ११:१४