सहकारीमा निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः राणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीमा निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः राणा



काठमाडौं ।नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले सहकारी प्रकरणहरुको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अपठ्याराेमा पर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१-०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएको बताएका हुन ।

सहकारीहरुलाई निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सहज नहुने उनको भनाइ छ । ‘सहकारीमा के भयो भनेर निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो हुन्छ । पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ,’ उनले भने, ‘ अहिले झाँक्री पनि त्यही । बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही । छानबिन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण अहिले संसदबाटै छानबिन गर्नु जरुरी छ ।’

स्थानीय तहहरुले पूर्वाधारमा खर्च गर्न गाह्रो परिरहेको भन्दै उनले अघिल्लो वर्षको खर्च गर्ने क्षमता हेरेर स्थानीय तहहरुलाई ५० प्रतिशत पैसा पहिल्यै दिनसके पूर्वाधारमा खर्च गर्न सजिलो हुने उनले बताए । सरकारले सडक, ट्रान्समिशन लाइन, कृषि र आइटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार १४:०७