सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बुधबार सुनको मुल्य स्थिर रहेको छ। मंगलबार प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मुल्यमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज सामान्य घटेको छ । चाँदी आज प्रतितोला पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार ११:१०