यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरको वित्तिय विवरणअनुसार फागुनमसान्तसम्ममा बैंकमा ४३.२६ प्रतिशत तरलता रहेको छ ।

फागुनसम्ममा बैंकमा २५ अर्ब ५८ करोड २१ लाख ८७ हजार रूपैयाँ तरलता रकम रहेको छ । त्यस्तै हाल बैंकको सेयरपुँजी दुई अर्ब ८० करोड पाँच लाख ७५ हजार रुपैयाँ रहेको छ । यसैगरी बैंकको जगेडाकोषमा एक अर्ब ४७ करोड ३१ लाख ४२ हजार, कुल बचत ५९ अर्ब १३ करोड ५३ लाख ५२ हजार , ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

यस्तै कुल संस्थागत पुँजी एक अर्ब ४७ करोड ३१ लाख ४२ हजार रहेको छ भने बैंकको विभिन्न कोषमा जम्मा भएको रकम १७ करोड ९६ लाख २२ हजार रूपैयाँ छ ।

फागुन मसान्तसम्म बैंकको कुल सम्पति ६७ अर्ब ३७ करोड ७३ लाख १३ हजार रूपैयाँ रहेको छ । बैंकमा कुल सेयर सदस्यहरुको संख्या १६ हजार २९३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या दुई हजार २८२ रहेको छ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार १०:५७