नेपालको व्यापारघाटा नौं खर्ब २९ अर्ब, आठ महिनामा १० खर्ब बढीको सामान आयात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

नेपालको व्यापारघाटा नौं खर्ब २९ अर्ब, आठ महिनामा १० खर्ब बढीको सामान आयात



काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नेपालले नौं खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.५२ प्रतिशत कम हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले गत आवको सोही अवधिमा नौं खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । नेपालले चालु आवको आठ महिनाको अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड एक लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत आवको सोही अवधिमा नेपालले ११ खबै ६३ अबै १८ करोड १७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

चाल आवको फागुनसम्ममा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । जसमा चालु आवमा गत आवको तुलनामा २।६६ प्रतिशतले कम आयात भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी, नेपालबाट निर्यात हुने वस्तु तथा सेवा भने ३.९९ प्रतिशतले कम भएको छ । गत आवको आठ महिनामा नेपालले एक खर्ब चार अर्ब ७९ करोड ६१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

नेपालले फागुन मसान्तसम्ममा १५८ देशसँग वैदेशिक व्यापार गरेको छ । साथै, नेपालले आयात गरेको वस्तु तथा सेवाबाट दुई खर्ब ७० अर्ब ७८ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलवार १५:३४