हामी प्रविधि प्रयोगको शुरुवातको चरणमा छाैः जयनाथ मण्डल, सीइओ, वैष्णवी साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

हामी प्रविधि प्रयोगको शुरुवातको चरणमा छाैः जयनाथ मण्डल, सीइओ, वैष्णवी साकोस



प्रथम सहकारी डिजिटल कन्क्लेभले धेरै कुरा सिक्ने अवसर जुराएकाे छ । सहकारी क्षेत्रमा भएका उपलब्धी र आइडियालाई बाड्ने माैका यो कन्क्लेभले दिएकाे छ । पहिलो कन्क्लेभ भएका कारण धेरै अपेक्षा हामीले गर्नुभएन । मुख्य कुरो भनेकाे कार्यक्रम उपलब्धी मुलक नै भएकाे मान्नु पर्छ ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने डिजिटल कन्क्लेभमा धेरै कुरा सिक्न र बुझ्न पाइयो । सबै क्षेत्रमा अहिले डिजिटलाइज्ड हुँदै गएको छ । हरेक क्षेत्रमा क्यासलेसको कुरा आइरहेको छ । कन्क्लेभमा मोबाइल बैंकिङ, फण्ड ट्रान्सफर तथा प्रविधिको प्रयोगको फाइदाका विषयमा सिकेर सदस्यलाई कसरी सेवा दिन सकिन्छ भन्ने कुराको ज्ञान हासिल हुनसक्यो । कन्क्लेभ उपलब्धीमूलक रह्यो । प्रविधिको प्रयोग र उपयोगिता बारे धेरै कुराकाे जानकारी भयाे । हरेक कुराकाे जानकारी हासिल गर्न र बुझ्नकाे लागि यस्ता कार्यक्रम आयोजना गर्न आवश्यक छ ।

हाम्रो संस्थाले इन्फिनिटी सफ्टवेयर प्रयोग गरेको छ । सदस्यलाई दिने सेवामा प्रभावकारी बनाउदै लैजाने अभियानमा छाै । मुख्य कुरा भनेकाे धेरै संस्थाहरुलाई डिजिटलाइजेशनको महत्वको बारेमा बुझाउन आवश्यक छ । सबै सहकारीमा एकरुपता कायम गर्ने कुरा उठिराखेको छ । कतिपय ठाउँमा इन्टरनेट पुगेको छैन । विद्युतको समस्या छ । हाम्रो तराईमा कम्प्युटर अपरेटर र आइटीमा काम गर्ने मान्छे पाइँदैन । त्यसकारण पहिलो कुरा त यी समस्या हल गर्न सबै जुट्नु परो ।

हामी प्रविधिको प्रयोगको शुरुवातको चरणमा छाै । ६ हजार सदस्य रहेको संस्थामा मुस्किलले चारपाँच सयले मोबाइल बैंकिङ प्रयोग गर्छन् । प्रविधिको प्रयोगलाई बढावा दिन हामीले वित्तिय साक्षरताको माध्यम अप्नाएका छाै । हामीले यो कन्क्लेभमा आएर सिकेको र जानेको कुरा सदस्यलाई सिकाउने हो । समुह बनाएर प्रविधि प्रयोगको बारेमा साक्षरता दिन्छौं ।

अब टेक्नोलोजीको समय आएको र पहिलाको जस्तो मालपोतमा ढड्डा पल्टाएर सेवा लिनदिन सम्भव छैन । साना सहकारी संस्थाले प्रविधिमा लागनी गर्न नसक्लात् तर १० करोड माथि कारोबार गरिरहेका संस्थालाई प्रविधिमा जोडिनु राम्रो हुन्छ।

दुर्गा प्रसाईको आन्दोलनका कारण कतिपय सदस्यले सहकारीको ऋण मिनाहा हुन्छ भन्दै तिर्न मानिरहेका थिएनन् । हाम्रो स‌ंस्था समुदायमा आधारित भएकाले पनि बुझाउन सफल भएका छाैँ । फेसबुकको जमान रहेकाले ससानो कुरा सदस्यले छिट्टै थाहा पाउँछन् । कतिपयले ऋण माफ हुन्छ भनेर किस्ता बुझाउन ढिलाई गरिरहेका छन् । हामीले घरदैलोमा गएर वास्तविक कुरा बुझाएर ऋण उठाउँदै आएका छौं । संस्थामा भाका नाघेको ऋण कम छ । संस्था भित्र अविश्वासको वतावरण छैन । बचत र ऋणको काम निर्वाद तरिकाल भै रहेको छ ।

( जयनाथ मण्डल, वैष्णवी बचत तथा ऋण सहकारी संस्था, जनकपुरका सीइओसंग गरिएको कुराकानीमा आधारित )

प्रकाशित : ६ चैत्र २०८०, मंगलवार १३:२४