वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले बढ्याे, आन्तरिक सम्पत्ति कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले बढ्याे, आन्तरिक सम्पत्ति कति पुग्यो ?



काठमाडौं। वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय क्षेत्र सर्वेक्षणमा यस्तो देखिएको हो ।

सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन २०७९ असार मसान्तको तुलनामा २४.५ प्रतिशतले बढी हो । २०७९ असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।

यस्तै वित्तीय क्षेत्रको आन्तरिक दाबी ८.६ प्रतिशतले वृद्धि भई गत असार मसान्तसम्म ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दाबी २०७९ असार मसान्तसम्म ६३ खर्ब ५ अर्ब,२०७८ असार मसान्तसम्म ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तसम्म ४३ खर्ब २९ अर्ब रुपैयाँ थियो ।

वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी ३५.८ प्रतिशतले वृद्धि भई १० खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक गैर वित्तीय संस्थामाथिको दाबी ३२ अर्ब ४४ करोड रहेको छ । त्यस्तै निजी क्षेत्रमाथिको दाबी ५ प्रतिशतले वृद्धि भई ५७ खर्ब ९४ अर्ब पुगेको छ ।

वित्तीय क्षेत्रको तरल दायित्व ११.६ प्रतिशतले वृद्धि भएको छ । २०७९ असार मसान्तसम्म ४८ खर्ब १८ अर्ब तरल दायित्व रहेकोमा २०८० असार मसान्तसम्म भने ५३ खर्ब ७८ अर्ब पुगेको छ । वित्तीय क्षेत्रको माग निक्षेप दायित्व ०.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ११ अर्ब पुगेको छ ।

अन्य निक्षेप दायित्व पनि १४.३ प्रतिशतले बढेर ४४ खर्ब ५८ अर्ब पुगेको छ ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलवार ११:५३