उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । महरा कपिलवस्तुबाट आजै पक्राउ परेका थिए । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउलगत्तै उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार १८:३९