सहकारी पीडितकाे माग सम्बोधन गर्न वार्ता टोली गठन, मंगलबार वार्ता गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी पीडितकाे माग सम्बोधन गर्न वार्ता टोली गठन, मंगलबार वार्ता गर्ने



काठमाडौं । सरकारले आन्दोलनमा रहेका सहकारी पीडित बचतकर्ताहरुसँग मंगलबार वार्ता गर्ने भएको छ । वार्ताको लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन भएको हो ।

वार्ता टोलीमा सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे सह–संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन् । सोही मन्त्रालयका उपसचिव विष्णु पौडेल सदस्य सचिव रहेका छन् ।

वार्ता टोलीले संघर्षरत पक्षसँग वार्ता एवं छलफल गरी समस्या समाधानका लागि नीतिगत, कानुनी, संरचनागत एवं व्यवस्थापकीय पक्षमा गर्नुपर्ने व्यवहारिक र कार्यान्वयनयोग्य विषय मन्त्रालयमा शिफारिस गर्नेछ । टोलीले भोलि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग वार्ता गर्ने भएको छ ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार १८:०७