सुन चाँदीको मुल्यमा गिरावट, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

सुन चाँदीको मुल्यमा गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सोमबार सुन चाँदीको मुल्य घटेको छ । आइतबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २३ हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार ११:१२