नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा किन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा किन ?



मनिता कार्की ढाेली, काठमाडाै ७ चैत । नेपाल इन्भेष्टमेन्ट बैंकले यही चैत्र २५ गते शुक्रबारका लागि विशेष साधारण सभा बोलाएको छ । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो बैंक बनेको इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक्वायर गर्ने प्रस्ताब पारित गर्न विशेष साधारणसभा बोलाएको हो ।

यस्तै २५ गते शुक्रबारका नै एस डेभलपमेन्ट बैंकले समेत विशेष साधारणसभा बोलाएको छ । इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई १ बराबर शुन्य दशमलव ४१ सेयर स्वाप रेशियोमा खरिद गर्न लागेको हो । अब एस डेभलपमेण्ट बैंकका लगानीकर्ताले आफ्नो १ सय कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता शेयर पाउने छन् ।

एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई आफुमा गाभे पछि इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी झण्डै ९ अर्ब २० करोड पुग्नेछ । हाल बैंकको आठ अर्ब ७० करोड चुक्ता पूँजी रहेको छ ।प्रशिक्षार्थी

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०५:३७