गृहमन्त्री लामिछानेले बुझाए प्रधानमन्त्री दाहाललाई सुन तस्करी सम्बन्धी प्रतिवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गृहमन्त्री लामिछानेले बुझाए प्रधानमन्त्री दाहाललाई सुन तस्करी सम्बन्धी प्रतिवेदन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्रीले आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिए।

बिहीबार मात्रै जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले ५ महिना लामो छानबिनपछि बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार १३:१७