सानिमा जीआइसी इन्स्योरेन्सकाे साधारण सभा चैत २९ गते, हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा जीआइसी इन्स्योरेन्सकाे साधारण सभा चैत २९ गते, हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित यस्ता छन् एजेण्डा



काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चैत २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले साधारण सभामा ५० करोड रुपैंयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

इन्स्योरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १४ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार १२:५४