सुनकाे मुल्य ताेलामा ४०० रुपै‌याले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

सुनकाे मुल्य ताेलामा ४०० रुपै‌याले घट्याे



काठमाडौं । सुनको मुल्य आज ताेलामा ४०० रुपै‌याले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख २५ हजार ४०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँ कायम छ ।

यसअघि, बिहीबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको छ । बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार ११:४४